भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"भुइँ टेकेर बाँच्नेहरू - २ / रेमिका थापा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

22:32, 2 दिसम्बर 2020 के समय का अवतरण

'मालिक नगर ' नाम परेको बस्तीमा
खेतीवालाहरूको खैलाबैला !
रत्नमाया लिम्बुनीको सात पुस्ताअघिका पूर्खाले रोपेको
बाक्लो छायाँदार वरपीपलको शानदार पाखुरामा
अचानक कसले झुण्ड्यायो
यो बडेमानको होर्डिङ- ' मालिक नगर '।

मालिक को हँ ?
को ?

आफ्नै आँगनमा, आफ्नै पौरखले
आफ्नै निधारमा
झुण्डाइबस्नु यो बीऊ मास्ने
विज्ञापन ?

खेतीवालाहरूको बस्तीमा
कानेखुशी, खस्याकखुसुक, चलहलपहल ।

बहसको समय आउला ?