"भुइँ टेकेर बाँच्नेहरू - ३ / रेमिका थापा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
22:36, 2 दिसम्बर 2020 के समय का अवतरण
पूर्खाहरू किसान थिए
पसीनामा नुहाएर कञ्चन भएकाहरू ।
देशमा विपत्ति आइपऱ्यो
काकाहरू पल्टन लागे ।
फर्केनन् ।
किस्ने कामीले गाउँमा हलो-फाली
काँटा-फरूवा सप्पै बनाउन छोडयो ।
छोराहरू पनि पल्टनै गए ।
कसले जोत्ने बारी ?
सहिद भएर फर्केका छोराहरूलाई कहाँ गाड्ने ?
इतिहासमा
टुहुराहरू हरामीले छोडिराखेको बतासे भ्रूण भनिए ।
टुहुराहरूका छाउराहरू जन्मिए र
अर्काकै रतिकर्म गुनगुनाउने रद्दी साँफ्टवेयरहरू मानिए ।
सफाइ दिन्छौ ?
ऐतिहासिक सफाइका हरेक अक्षरहरू
देशी दलालको कैदी मोहराहरू भए
कहिले भत्काइए, कहिले बेइमानीको घुरेनतिर घुइँक्याइए ।
किनारातिर अफालिएका
खाँटी अक्षरहरू जुट्लान् ?
हलो-फाली बनिएलान् ?
अँ, सुन्दैछौ ?
अक्षरहरूका ध्वनि.....
हो, फलामलाई त तात्तालै पिट्नु राम्रो...