"म कवि / हरिभक्त कटुवाल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 23: | पंक्ति 23: | ||
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ | मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ | ||
— जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्रयो। | — जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्रयो। | ||
+ | |||
+ | ००० | ||
+ | ................................................ | ||
+ | '''[[मैं कवि / हरिभक्त कटुवाल / सुमन पोखरेल|यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।]]''' | ||
</poem> | </poem> |
08:03, 1 सितम्बर 2024 के समय का अवतरण
आफैलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु
खै, आज कविता सोच्नै मान्दैन,
सायद त्यसैले होला सुनगाभा ।
तिम्रो मुस्कानभन्दा मेरा आँखामा यसबेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घण्टौँ एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टितेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए,
जाती हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए,
मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थेँ
एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ
तर सुनगाभा ।
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ
— जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्रयो।
०००
................................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।