"भित्रभित्र सागर बग्छ / मौन आवाज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
11:06, 12 सितम्बर 2024 के समय का अवतरण
गहभरी बालुवाका थोपाहरू जमाएर
ढुङ्गाको शीत पर्वत पर्वत खस्छु
र जङ्गल-जङ्गल डुलिहिँड्छु निरिह बतास !
शहरको उज्यालोले नदेखेको
अँध्यारा गाउँहरू लाल्टिन बालेर हिँड्छु !
रातका विरह गीतहरू छातिमा टाँसेर
दूर बस्तिका यायावरहरू जसै जान्छन्
सुदूर नदी तरेर अर्कै देश
तब
तिनको पाइतालाले टेकेर विरानो भएको आँगनमा
थचक्क बसेर कल्पन्छु
के म फेरि फर्कन्छु ?
उडेको धुवाँले बिर्सेको दिशामा
म रोकिन्छु
आइरहेको कुनै चट्टानी आवेगले घाईते हुन्छु !
कतै दुर्घटित नभई
गइरहेको तुफान सकुशल फर्कोस्
कहिल्यै नफर्केकाहरू फर्कोस् कामना गर्छु !
एक वृद्ध अन्धो ईन्द्रेणी रङ खोज्छ
विस्वास गर्छ
ताते ताते हिँडेको छोरा सुन्दर चित्र भएर फर्कनेछ !
म व्यथित आमाको आँशुको सम्झना बन्छु
भिजेको रुमाल बन्छु !
काग कराएको एक बिहान
घुर्मैलो समयले एउटा अशुभ खबर ल्याउँछ ।
म तरुनी विधवा सिंउँदो पखालिन्छु
म अबोध बालक अनायास आत्तिन्छु ।
आँखाबाट आँशु बग्छ
आँखै बगाउँनेगरी आँशु बग्छ !
सम्झना बग्छ
संवेदना बग्छ
माया / पिरति
हृदयको झङ्कार बग्छ
बग्छ सबै सबै बग्छ
जब जिन्दगीमा
भित्रभित्र सागर बग्छ !
०००