"प्रतिरूपसँगको मेरो प्रेम / सानु शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 57: | पंक्ति 57: | ||
प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू । | प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू । | ||
− | कति | + | कति तृप्तिमय |
− | आफ्नै प्रतिरूपसँगको यो प्रेम | + | सामिप्यको संवेदनले बाफिएका घडीहरू |
− | + | प्रेमको सम्मिलनमा वर्षिएका पलहरू | |
− | + | प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू । | |
− | + | ||
− | + | कति सम्पूर्ण | |
+ | आफ्नै प्रतिरूपसँगको यो प्रेम ! | ||
+ | |||
+ | आफूलाई सम्पूर्णमा भेट्न सके | ||
+ | अरू केही कहाँ चाहिने रहेछ र ! | ||
</poem> | </poem> |
07:29, 11 जनवरी 2025 के समय का अवतरण
कति प्रेमिल
निराकार स्वरूपसँगको मेरो प्रेम
कति वास्तविक
आफूलाई हराइदिने स्वर्गीय कल्पनाहरू
कति मोहक
मन भित्र-बाहिरका हरेक वस्तुहरू ।
अपुग भएका
तर टन्नै पुगेकाजस्ता रहरहरू
र मनका बातहरू,
पूरा भएका
तर कहिल्यै नसकिएका लामा कुराहरू
र छोटा रातहरू।
नसमातेको तर
अनुभूत गरेको हात
कहिल्यै नछोएको
तर आफू लुक्न पाएको अँगालो ।
कुनै कामनाबिना
कामनै कामनाले भरिएको
आकारविहीनसँगको यस सामिप्यमा
साथमा नभएरै पनि
सँगै हुनुको तरङ्ग छ,
कहिल्यै नदेखेरै पनि
सम्पूर्ण देखेजस्तो प्रभाव छ
कहिल्यै नभेटेरै पनि
एकआपसमा समाहित हुँदाको रोमाञ्च छ ।
आनन्द छ देख्दै नदेखेकोसँग रिसाउनुमा
र, कतै नभएकोले मनाएपछि
मानिदिनुमा पनि ।
सन्तुष्टी छ, पर्खनुमा
र नभेटनुमा पनि,
तृप्ति छ, सबै चिज भएर
केही नहुनुमा पनि
र
आनन्दको उत्कर्ष छ
केही नभएरै
धेरै कुरा हुनुमा पनि,
कामना गर्न डराएका सुखहरू
सोच्दै नसोची यत्तिकै पाउनुमा पनि ।
कति तृप्तिमय
सामिप्यको संवेदनले बाफिएका घडीहरू
प्रेमको सम्मिलनमा वर्षिएका पलहरू
प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू ।
कति तृप्तिमय
सामिप्यको संवेदनले बाफिएका घडीहरू
प्रेमको सम्मिलनमा वर्षिएका पलहरू
प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू ।
कति सम्पूर्ण
आफ्नै प्रतिरूपसँगको यो प्रेम !
आफूलाई सम्पूर्णमा भेट्न सके
अरू केही कहाँ चाहिने रहेछ र !