Changes

{{KKCatNepaliRachna}}
<poem>
स्त्रीत्वले स्नान गर्दै
प्रत्येक मास नव–अवतार जन्मन्छु
आफ्नै शरीरबाट ।
युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म ।पाठेघरभित्र खेलिरहेको कलिलो स्वर सुनेपछितिमीले खसालेका छायाहरु मन पराउँछुधरतीका ओठहरुबाट निस्कन्छ मौन तरङ्गतिमीले छोडेको स्वास पिउँछुतिम्रो धोद्रो ध्वनी त्यही तरङ्गले ब्यूँझिएको भुइँ छोएरमुस्कुराउँछुतिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु पोखरीभित्र पूर्णिमाको जून मुस्कुराएझैँ
तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यताबीसवटा हड्डी एकसाथ भाँचे बराबरकोम भिज्दा, तिम्रा छातीका रौँहरुमा घरको छानो देख्छुव्याख्यातीत प्रसूती पीडाशक्तिबाटतिम्रा दाह्रीजुंगामा म यस्तो जादुको हतियार देख्छुनिस्कने स्त्रीशक्तिलेजस्ले आकासलाई पनि दुइ फ्याक बनाइदिनसक्छउचालेर अलिकति धरात्यहि चिराबाट म आफूलाई सिँगो उभ्याएरआफ्नै गर्भबाट जन्माएर आफैँलाईए पुरुष ! तिमीलाई साँच्चै प्रेम गर्छु भर्छु मुटुका कुनाकुना
पैतालाले चेपेर तिम्रा संवेदनाहरु किचिनँतिम्रो जिन्दगी टेक्तैटेक्तै हिँडिनँ कहिल्यैधुवाँ उठाएर तिम्रो मेरै शरीरभित्र खोपिएको छ सृष्टि कोरिँदै आएको बाटो छेकिनँ कतैपनितिमी मान्छे हुँदा म इश्वर बनिनँमैभित्र फैलिएको छ सृष्टिमै फर्की जानुपर्ने गन्तव्य पनितिम्रा देउताहरुसँग मेरै गर्भभित्र छ जीवात्माको कल्पकल्प गर्भ पनि, कस्सम बोलेकी छैन यही भ्रूण हुर्काउनका खातिरस्तनभित्र साँचेकै छु स्नेहका अमृत तलाउ
तिम्रो हात समाएर नदीको किनारैकिनारयस धरतीले श्वास फेरेसँगै जन्मिएको हो मेरो ढुकढुकीप्रेमगीत गाउदै हिँड्ने तृष्णा अझै बाँकी छजुम्ल्याहा हुन् यस धरतीको चेतना र मेरो चेतनातिम्रो बलियो सौन्दर्य मेरा परेलामा उनेरमाला बनाउने रहर गुटमुटीरहेकै छ विशिष्ट उभिएकी छु यही युगल चेतनाले सिँगारिएर
नमार मलाई, यो समुद्रतिर नदीनाला बगेझैँबगिरहेका छन् मेरा खुनका नदीनाला सृष्टिको भ्रुण मउकालैउकालोतिम्रा रगतका थोपैपिच्छे बगेकी छुमेरो हृदयको भित्री कुनामा कतै फैलिएको छ यो ब्रह्माण्डतिम्रो शरीरभित्रको हड्डि भएर उभ्याइदिएकी छु तिमीलाईर, म सुनाइरहेछुमेरो निरक्षर शरीरलाई कलम बनाएर तिमीलाई लेखिइरहेकी छु प्रेमका अजस्र गानहरू आत्मालाई सधैँसधैँ
नदीले इन्द्रेणीलाई नुहाएझैँयस सृष्टिको भ्रूण मतिमीलाई प्रेमले रंगीन नुहाइदिन्छुकालान्तरदेखि बाँचेकै छु ढुङ्गा बाँचेझैँअनेकौँ प्रेमावतारको एक अवतारी मआगोमा पनि हिँडेकै छु समुद्रको डुङ्गाझैँसीतालाई पनि डढाउन नसकेको अग्निबीजनिलिनै रहेकी छु बालकले दूध पिएझैँ ।आदिपुर्खाहरुले गुफामा खोपेका चित्रजस्ताप्रेमको खातिर, सिर्फ एकपटकअवर्णित आफ्नै आदिम स्वरूपले सिँगारिएरमैले जन्मनुछ तिम्रो पुरुष गर्भबाट महादेवको गलाको नागझैँ लगाएकैछु अग्नि–माला
तरबारैतरबारले सुसज्जित सिस्नाको चम्मर हल्लिइरहेको यस युगकोमूलद्वारमा उभिएर भन्दैछुटाङ् हेरेर गर्भमै नमार मलाई माटो बनाउ या ढुंगापानी बनाउ या हावाबोक्सी बनाउ या देवीयो भूइँमा टेक्न मात्र देऊ !मेरा दुई छातीको केन्द्रबाट जन्मनसक्छ अर्को ब्रह्माण्डअँध्यारो टेकेर उज्यालो हेर्न मात्र देऊ !यही ब्रह्माण्डको पल्लो छेउबाट मेरै गोडालेहिँड्दैहिँड्दै आउनसक्छ जवान युग ! म स्त्री अर्थात आइमाइअर्थात् आइमाईसदियौँदेखि तिमीलाई प्रेम गरीरहेकै छु अनेकौँ प्रेमावतारको अप्रतिम अवतार हुँ मअब रच्नुछ एउटा अलौकिक सभ्यता । प्रेमले ललकारिएको ब्रह्मा रूपधारण गराएरस्नेहबोधका खातिर, केवल एकपटकयही जुनीमा, स्त्री नै भएर जन्मनुछ पुरूष–गर्भबाट
</poem>
Mover, Reupload, Uploader
9,783
edits