भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"घोडा दौड / सीमा आभास" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने
 
ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले
 
तर्सिएर उड्नेछन् मलाई डर देखाउने बाजहरू
 
थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू
 
  
 
घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
 
घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानु छ महाराजका ढोकासम्म
+
जानुछ, महाराजाका ढोकासम्म ।
देखाउनु छ लट्टा परेको कपालको चुल्ठो
+
सुनाउनु छ बर्जित शब्दहरू एकएक गरी,
+
हेर्नु छ बादलका गुजुल्टाहरू पन्छाएर
+
यो आकाशको कुन कुनाबाट कसले झ्ार्दोरहेछ चट्याङ
+
  
म नाङ्गो अवतार
+
देखाउनुछ, लट्टा परेको कपालको चुल्ठो 
भगवानको नग्न तस्बीर
+
सुनाउनुछ, वर्जित शब्दहरु एक–एक गरी
छातीमा टाँसेर धर्म नमान्न सक्छु
+
हेर्नुछ, बादलका गुजुल्टाहरु पन्छाएर
सक्तिनँ, धर्मले डढाएका मेरा औंला काटेर
+
कहाँबाट, कसले झार्दो रहेछ ममाथि चट्याङ ।
ममाथि लेखिएको इतिहासलाई ढोग्न
+
  
दायाँ खुट्टो कानूनको कुममा
+
घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार !
बायाँ ईश्वरको कुममा राखेर जानु छ
+
इतिहास सजाइएको संग्रहालयमा
+
जसको ढोकैमा झुण्डिएको तस्बीरमा
+
केरमेट हुँदै बुढिएको मेरै जस्तो अनुहार कसको हो?
+
थाहा पाउनु छ, किन ढोग्छन् मान्छेहरू यो तस्बीरलाई
+
  
बौलाहा जस्तै देखिने श्रीपेच महाराजलाई हटाएर
+
भगवानको नग्न तस्बिर
टुँडिखेलका घोडामा बसी पार गर्नु छ भद्रकाली
+
छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु
फूलपातीको दिन घुम्नु छ उपत्यकादेखि गोरखा दरबारसम्म
+
नसक्न सक्छु, धर्मले डढाएका मेरा औँलाहरु काटेर 
बगी जाने मर्स्याङ्दीलाई सोध्नु छ
+
ममाथि लेखिएको इतिहासलाई ढोग्न ।
‘ए मर्स्याङ्दी! फूलसाँघु तार्दा
+
 
तिम्रो गर्भाशयमा क–कसले के–के बगाए?
+
दायाँ खुट्टो कानूनको कुममा
 +
बायाँ ईश्वरको कुममा राखेर
 +
जानुछ, इतिहास सजाइएको सङ्ग्रहालय
 +
त्यसको ढोकैमा झुन्डिएको तस्बिरमा
 +
मेरै जस्तो केरमेट अनुहार कसको हो ?
  
यिनै घोडामा चढेर चोभारको गल्छेडोसम्म पुगी हेर्नु छ
+
बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर
क–कसका अनुहार बगाई ल्याएको छ यो पानीले
+
टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली
 +
घुम्नुछ, उपत्यकादेखि गोरखा दरबारसम्म ।
  
स्वयम्भुमा उभिएर सोध्दै छु,
+
यिनै घोडामा चढेर चोभारको गल्छेँडोसम्म पुगी हेर्नुछ
‘ए मञ्जुश्री! कहाँ चोभार काट्ने तिम्रो तरबार?’
+
कस–कसका अनुहार बगाई ल्याएको , यो पानीले ।
आज मलाई चाहिएको छ यही शक्तिशाली तरबार
+
  
तरबार खोज्दै हिंडेको म
+
स्वयम्भूको टुप्पामा उभिएर, सोध्नुछ
नाङ्गा मूर्ति अगाडि आइपुगेको छु
+
‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’
यहीबेला चक्रपथमा देखाइदिनुछ
+
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव
+
  
यो नाङ्गोपन हेरेर आँखा नछोपून्
+
आज मलाई चाहिएको छ, त्यही शक्तिशाली हतियार ।
बाटो हिंड्नेले, जूनतारा भरिएको आकाशले
+
दरबार, न्यायालय र मूर्तिहरूले
+
मन्दिर, गुम्बा, माने र मस्जिदले
+
जेल र विष्णुमतीका गिद्दहरूले
+
  
यी घोडामा चढेर फेरि पुग्नु छ, महारानी र राजकुमारी
+
हतियार खोज्दै हिँडेको म
पस्ने र निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न
+
आइपुगेको छु नाङ्गा मूर्तिअगाडि
 +
यही बेला चक्रपथमा देखाइदिनुछ
 +
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव !
  
जान्नु छ, यी ढोकामा लाउने आग्लो कस्तो थियो?
+
यो नाङ्गोपन हेरेर लाज नमानून्
गोल्चे खरमस कसले बनाएको थियो?
+
बाटो हिँड्नेले, जून–ताराले
यी साँघुरा ढोकामाथि झुण्डिएको चम्मरमा अड्किएको केस कसको हो?
+
दरबार मूर्तिहरुले
 +
जेल र न्यायालयले
 +
यहाँका तीर्थधाम र पवित्र नदीहरुले ।
 +
यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी
 +
पस्ने–निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न ।
  
बेइतिहास, बेमान्छे बनेका, ए! सुत्केरी महारानीहरू हो
+
जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ?
आओ कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेरौं
+
गोल्चे र खरमस कसले बनाएको थियो ?
के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्बस्त्र शरीरमा
+
यी साँघुरा ढोकामाथि चम्मरमा झुन्डिएको केश कसको हो ?
 +
श्रीपेचमा जडित हीराहरु कसका आँसु जमेर बनेका हुन् ?
 +
सुत्केरी महारानीहरु हो !
 +
समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा
 +
कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर 
 +
के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा
  
आओ धरहरामाथि लहरै उभिएर नापौं मान्छेको उचाइ
+
यी भव्य दरबारका भित्ता कसका मयलले टल्किएका हुन् ?
नारायणहिटीको पर्खाल वरिपरि घुमेर हेरौं मान्छेको नग्नता
+
नारायणहिटीको पर्खालवरिपरि घुम्ने मृतात्मा कहाँका हुन् ?
  
आर्यघाट किनारमा खोजौं
+
कुदाऊ घोडा आर्यघाटतिर
सतीहरूलाई हिर्काएका ढुंगाहरू कुन कुन हुन्?
+
नङ्ग्याएर चितामा ओछ्याइएपछि
पशुपतिमा नाङ्गा पार्वती उतारेर हेरौं
+
गुहार माग्दै भागेका सतीहरुलाई
सती बनाउँदा क–कसका जिउँदा शरीर
+
बर्साएका ढुङ्गाहरु कुन–कुन हुन् ? चिन ।
नङ्ग्याएर पोलिएका थिए चितामा!
+
  
शिवरात्रिको दिन भाङले मातेर
+
ए पार्वती माता !
वनकालीमा कराइरहेका छन् मेरा दौंतरीहरू
+
यही बेला नाङ्गै उत्र पशुपतिमा
“फलोफूलो कह, ए भस्मदेव!
+
र, उघार तेस्रो आँखा ।
के–के देखेका छौ इतिहासदेखि आजसम्म?”
+
शिवरात्रिको दिन भाङ्ले बेस्मारी मातेर
 +
कराउँदै भन मेरा दौँतरीहरु
 +
ए भस्मदेव ! चढ घोडाको ढाडमाथि
 +
कुद इतिहासको सुरुङतिर ।
  
 +
फलोफुलो कह, ए देवका देव !
 +
के–के देखेका छौ हिजोदेखि आजसम्म ?
 
</poem>
 
</poem>

09:49, 3 मई 2020 के समय का अवतरण


घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानुछ, महाराजाका ढोकासम्म ।

देखाउनुछ, लट्टा परेको कपालको चुल्ठो
सुनाउनुछ, वर्जित शब्दहरु एक–एक गरी
हेर्नुछ, बादलका गुजुल्टाहरु पन्छाएर
कहाँबाट, कसले झार्दो रहेछ ममाथि चट्याङ ।

घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार !

भगवानको नग्न तस्बिर
छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु
नसक्न सक्छु, धर्मले डढाएका मेरा औँलाहरु काटेर
ममाथि लेखिएको इतिहासलाई ढोग्न ।

दायाँ खुट्टो कानूनको कुममा
बायाँ ईश्वरको कुममा राखेर
जानुछ, इतिहास सजाइएको सङ्ग्रहालय
त्यसको ढोकैमा झुन्डिएको तस्बिरमा
मेरै जस्तो केरमेट अनुहार कसको हो ?

बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर
टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली
घुम्नुछ, उपत्यकादेखि गोरखा दरबारसम्म ।

यिनै घोडामा चढेर चोभारको गल्छेँडोसम्म पुगी हेर्नुछ
कस–कसका अनुहार बगाई ल्याएको छ, यो पानीले ।

स्वयम्भूको टुप्पामा उभिएर, सोध्नुछ
‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’

आज मलाई चाहिएको छ, त्यही शक्तिशाली हतियार ।

हतियार खोज्दै हिँडेको म
आइपुगेको छु नाङ्गा मूर्तिअगाडि
यही बेला चक्रपथमा देखाइदिनुछ
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव !

यो नाङ्गोपन हेरेर लाज नमानून्
बाटो हिँड्नेले, जून–ताराले
दरबार र मूर्तिहरुले
जेल र न्यायालयले
यहाँका तीर्थधाम र पवित्र नदीहरुले ।
यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी
पस्ने–निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न ।

जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ?
गोल्चे र खरमस कसले बनाएको थियो ?
यी साँघुरा ढोकामाथि चम्मरमा झुन्डिएको केश कसको हो ?
श्रीपेचमा जडित हीराहरु कसका आँसु जमेर बनेका हुन् ?
सुत्केरी महारानीहरु हो !
समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा
कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर
के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा ।

यी भव्य दरबारका भित्ता कसका मयलले टल्किएका हुन् ?
नारायणहिटीको पर्खालवरिपरि घुम्ने मृतात्मा कहाँका हुन् ?

कुदाऊ घोडा आर्यघाटतिर
नङ्ग्याएर चितामा ओछ्याइएपछि
गुहार माग्दै भागेका सतीहरुलाई
बर्साएका ढुङ्गाहरु कुन–कुन हुन् ? चिन ।

ए पार्वती माता !
यही बेला नाङ्गै उत्र पशुपतिमा
र, उघार तेस्रो आँखा ।
शिवरात्रिको दिन भाङ्ले बेस्मारी मातेर
कराउँदै भन मेरा दौँतरीहरु
ए भस्मदेव ! चढ घोडाको ढाडमाथि
कुद इतिहासको सुरुङतिर ।

फलोफुलो कह, ए देवका देव !
के–के देखेका छौ हिजोदेखि आजसम्म ?