"आदिम सौन्दर्यको ल्यान्डस्केप / मनप्रसाद सुब्बा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=मनप्रसाद सुब्बा | |रचनाकार=मनप्रसाद सुब्बा | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=नेत्तिफुङ्को बास्ना | + | |संग्रह=नेत्तिफुङ्को बास्ना / मनप्रसाद सुब्बा |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
तुवाँलोको अर्द्धपारदर्शी लुगासमेत नलाएको | तुवाँलोको अर्द्धपारदर्शी लुगासमेत नलाएको | ||
छ्याङ्ग उघ्रेको | छ्याङ्ग उघ्रेको |
14:39, 16 मार्च 2017 के समय का अवतरण
तुवाँलोको अर्द्धपारदर्शी लुगासमेत नलाएको
छ्याङ्ग उघ्रेको
उदाङ्गो
अनि हिपोक्रिट लाजहरूलाई जितेर
निक्खुर नाङ्गोपन फक्रेको आदिम सौन्दर्य
एक निर्दोष
र अबोध ल्यान्डस्केप
त्यो प्रेममय देहको मुलुक
जसको एक्लो नागरिक म
तर एक्लोपनको कैदबाट मुक्त
स्वतन्त्र नागरिक म
तर सार्त्रेको श्रापित स्वतन्त्र मान्छे होइन
न त तन्त्र खुस्केको अराजक नै
तिम्रो आदिम मुलुकको राष्ट्रिय गीत गाउँदै
डुल्छु म ओँठहरूको खुट्टाले हिँडेर
अनि सुन्छु –
तिम्रो देहको छिद्र-छिद्रबाट
उर्वर धरतीले सास फेरेको
यस क्षण
मलिलो माटोको मीट्ठो गन्धले
माटोको मासुमा कविता लेख्दैछ
आह !
म त तिमीसितै एकाकार भइसकेछु नि !
भोलि एकाबिहानै हेर्नू
कि यो प्रेमको निशानी
पूर्वमा देखा पर्नेछ यौटा गुलाफी नवजात बिहानी !