"हुलाकघर–५ / / रमेश क्षितिज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=रमेश क्षितिज | |रचनाकार=रमेश क्षितिज | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=अर्को साँझ पर्खेर साँझमा | + | |संग्रह=अर्को साँझ पर्खेर साँझमा / रमेश क्षितिज |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> |
08:34, 16 मार्च 2017 के समय का अवतरण
बाइबलका मध्यपृष्ठ
इसाई पादरीका लिखित आशीर्वचन
र केही नग्न तस्बिरहरू
छरपष्ट छन् भुइँभरि
र छन् – संकटग्रस्त खाडीबाट
नानीहरूलाई पठाएका खेलौनाका आधी टुक्राहरू,
यहीँनेर उभेर हेर
र भोग – कसरी मर्दै जान्छ संवेदना ?
पल्टाऊ यी अन्तरंग कागजातहरू
र हेर – ढल्दै गएका तिम्रा आस्थाका उचाइहरू,
अनुभव गर सीमा मिचिँदाको अनुभूति
फेरि सोध्नेछैनौ तिमी कसैसँग
कसरी बेच्छ मान्छेले असंख्य टुक्र्याएर आफूलाई ?
लाग्नेछ तिमीलाई
पत्झरका वृक्षहरूभन्दा बढी नांगा छौं हामी
औशीको रातभन्दा पनि उदास छौं हामी
र अचेतन कुनै ढुंगाको मूर्तिजस्तै
सर्वथा बेहोसीमा छौं हामी
आफूभित्र आफ्नै घाउहरूको आकाश कोट्याउँदै
दुख्ने समयको टिका थापिरहेछौं
र भ्रमको जमरा सिउँरिरहेछौं हामी,
चर्को स्वरले स्वदेश–गान बजिरहेको
त्यो रेडियोको भोलुम कम गर
र कृपया
नजिक आएर उठाऊ
कान्छीका यी नग्न तस्बिरबाट
हिक्क–हिक्क नमिठो आवाज
बगिरहेको छ छताछुल्ल परिवेशभरि ।