"सडकै सडकमा / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्दन शर्मा |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 15: | पंक्ति 15: | ||
कतैबाट सराप पाएको हो कि ? | कतैबाट सराप पाएको हो कि ? | ||
कस्तो यो मन, कहिल्यै नअघाएको। | कस्तो यो मन, कहिल्यै नअघाएको। | ||
+ | |||
थाकी–थाकी उठेका मेरा पाइलाले | थाकी–थाकी उठेका मेरा पाइलाले | ||
सोधिरहन्छन्, अझ कता ? | सोधिरहन्छन्, अझ कता ? | ||
पंक्ति 22: | पंक्ति 23: | ||
सडककै छेउमा कुनै दिन | सडककै छेउमा कुनै दिन | ||
अन्तिम थकाइमा ढल्ने सत्य मेरो। | अन्तिम थकाइमा ढल्ने सत्य मेरो। | ||
+ | |||
तर सडक अझ बढ्दै जाला | तर सडक अझ बढ्दै जाला | ||
नटुङ्गीकन… । | नटुङ्गीकन… । | ||
पंक्ति 36: | पंक्ति 38: | ||
थाकेर पनि, | थाकेर पनि, | ||
सधैँ नयाँ थकाइतिर लम्किने। | सधैँ नयाँ थकाइतिर लम्किने। | ||
+ | |||
थाहा छ मलाई, अन्त्य मेरो | थाहा छ मलाई, अन्त्य मेरो | ||
अन्त्यहीन सडकमा हुनेछ । | अन्त्यहीन सडकमा हुनेछ । | ||
पंक्ति 55: | पंक्ति 58: | ||
म जहाँ थिएँ | म जहाँ थिएँ | ||
त्यहाँ म छैन । | त्यहाँ म छैन । | ||
+ | |||
म जहाँ छु | म जहाँ छु | ||
त्यहीँ भोलि हुनेछैन । | त्यहीँ भोलि हुनेछैन । | ||
+ | |||
‘किन’ को अन्त्य ‘अघि’ हुन्छ | ‘किन’ को अन्त्य ‘अघि’ हुन्छ | ||
अनि प्रत्येक ‘अघि’ ले फेरि ‘किन’ ल्याउँछ । | अनि प्रत्येक ‘अघि’ ले फेरि ‘किन’ ल्याउँछ । | ||
+ | |||
सडक कहिल्यै खतम नहुने | सडक कहिल्यै खतम नहुने | ||
म जहिले पनि हिँड्न खोजेर; | म जहिले पनि हिँड्न खोजेर; | ||
पंक्ति 71: | पंक्ति 77: | ||
मैले सडक बनाएँ | मैले सडक बनाएँ | ||
हिँडिरहन— नयाँका लागि बढिरहन । | हिँडिरहन— नयाँका लागि बढिरहन । | ||
+ | |||
तर मेरो प्रत्येक पाइलाअगाडि | तर मेरो प्रत्येक पाइलाअगाडि | ||
फेरि यो तगारो किन ? | फेरि यो तगारो किन ? |
21:41, 7 सितम्बर 2024 के समय का अवतरण
उफ्। सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने
एकले अर्कालाई काट्ने।
सडक र यो हिँडिरहने विवशता
कतैबाट सराप पाएको हो कि ?
कस्तो यो मन, कहिल्यै नअघाएको।
थाकी–थाकी उठेका मेरा पाइलाले
सोधिरहन्छन्, अझ कता ?
यो थकाइ,
सबै जीउभरि सरिसक्यो
तैपनि म किन नअडेकी ?
सडककै छेउमा कुनै दिन
अन्तिम थकाइमा ढल्ने सत्य मेरो।
तर सडक अझ बढ्दै जाला
नटुङ्गीकन… ।
हैन, मैले किन टुङ्गिन जानिनँ त ?
टाढा–टाढा आँखा पुर्याएकी थिएँ
आफ्नो अन्त्य खोज्न,
नपाउँदा पनि
किन अघि बढिराखेँ त्यसै।
किन ? किन ??
किन र ???
सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने…
म कहिल्यै अडिँदो रहिनछु
थाकेर पनि,
सधैँ नयाँ थकाइतिर लम्किने।
थाहा छ मलाई, अन्त्य मेरो
अन्त्यहीन सडकमा हुनेछ ।
अनि यात्राको यो विवशतालाई
म
घर, सहर र विश्व बनाई
सधैँ नयाँ अर्थ दिन खोज्छु।
नयाँलाई पुरानो पारी
फेरि नयाँतिर लम्कन्छु।
कसरी भनूँ म
मेरो हिँडाइ अर्थहीन छ ?
‘अर्थ’ खोज्नै त म हिँडिरहिछु—
यो रित्तो मनको,
यो हिँडिरहने विवशताको,
र ‘हो’ र ‘हैन’
दुई विरोधी सत्यले ठगिएको
जीवनको।
प्रत्येक ‘किन’ ले मलाई अघि सारेको छ,
म जहाँ थिएँ
त्यहाँ म छैन ।
म जहाँ छु
त्यहीँ भोलि हुनेछैन ।
‘किन’ को अन्त्य ‘अघि’ हुन्छ
अनि प्रत्येक ‘अघि’ ले फेरि ‘किन’ ल्याउँछ ।
सडक कहिल्यै खतम नहुने
म जहिले पनि हिँड्न खोजेर;
म जहिले पनि हिँडिरहने
आफैसँग हारेर ।
एउटै घेराले मलाई
बाँधिराख्न कहाँ सक्यो र ?
मैले बाँधिएर बस्नै पनि कहिले मानेँ र ?
सडक कहिल्यै खतम हुँदोरहेनछ
……………………………………
एकले अर्कोलाई काट्ने।
मैले सडक बनाएँ
हिँडिरहन— नयाँका लागि बढिरहन ।
तर मेरो प्रत्येक पाइलाअगाडि
फेरि यो तगारो किन ?
मलाई अड्याएर
किन मागेको विवरण मैसित,
मेरो हिँड्ने विवशताको ?
मेरो रित्तिँदै गएको मनको ?
र यो हाँसोउठ्दो जीवनको ? … ।