भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"साँची राखुँ जस्तो लाग्छ / हरिभक्त कटुवाल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

16:59, 24 फ़रवरी 2015 के समय का अवतरण

साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई।
डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने
थाहै नपाई पराइको भइदिन्छ्यौ भन्ने
सपनीमै पाए हुन्थ्यो नीदभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई।
नयाँ नयाँ रूप तिमी जति जति हेर्यो
उति उति रसाउँछ हृदय यो मेरो
हार जति मेरो पेवा जीत जति तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई।