भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"झरेको पात झैँ भयो / कालीप्रसाद रिजाल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
(कोई अंतर नहीं)

13:49, 25 फ़रवरी 2015 का अवतरण

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी।
चुरा फुटेसरी भयो चराहरू उडीगए
चुरा फुटेसरी भयो चराहरू उडीगए
हजार कोपिलाहरू नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी।
बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात-पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी।
जलिरहेछ लास भित्र-भित्र कहीँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
बिजन बदल सरी भयो उराठ मेरो जिन्दगी।