|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मेरा नाममा प्रकाशित भएका छन्
ती एउटै पनि मैले लेखेको होइन !
क्षमा चाहन्छु
मैले पाठकलाई ठगेँ
म विवश थिएँ
लेखक कहलाउने लोभलाई
मैले संवरण गर्न सकिनँ। सकिनँ ।
वस्तुतः पाँच दशकदेखि
मात्र सार्ने काम गर्दै आएको छु मैले
बारम्बार उसले टिपाउँदै गयो
मैले आफ्नो नाममा
छपाउँदै गएँ। गएँ ।
गल्ती यहाँको
परम्पराको पनि हो
जहाँ काम गर्छ एउटाले
नाम र दामचाहिँ
अर्काको भागमा पर्छ।पर्छ ।
मलाई थाहा छ
र मलाई चिन्ने सबैलाई थाहा छ
म र मेरा रचनाबीच
यो त्यसै पनि
उहिले पत्ता लागिसक्नुपर्ने थियो। थियो ।
तर मलाई धन्यवाद दिन पर्छ
कमसेकम मैले
अहिले म आफ्नैसामु
आत्मर्समर्पण गरेर भनिरहेछु
गर्वका साथ भनिरहेछु -–
जति पनि कविता गीत
जति पनि पुस्तक मेरा नाममा
प्रकाशित भएका छन्
त्यो एउटै पनि
मैले लेखेको होइन।होइन ।
</poem>