भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"गर्छिन् पुकार आमा / म. वी. वि. शाह" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो
 
पंक्ति 21: पंक्ति 21:
  
 
भन्छन् 'महल' कसैका, काहीँ छ चुथ्रो झुप्रो  
 
भन्छन् 'महल' कसैका, काहीँ छ चुथ्रो झुप्रो  
'सक्दिनँ सहन' भन्छिन् 'सन्तान थरीथरीका .'
+
'सक्दिनँ सहन' भन्छिन् 'सन्तान थरीथरीका '
  
 
</poem>
 
</poem>

14:58, 17 फ़रवरी 2022 के समय का अवतरण

गर्छिन् पुकार आमा रोई कराई जोडले-
'होइन मेरो' भन्छिन् सन्तान थरीथरीका ।'

कोही धनी असाध्य, कोही गरीब माग्ने,
'सक्दिनँ देख्न' भन्छिन् सन्तान थरीथरीका ।'

नाङ्गो छ आङ कहीँ, कहीँ पोसाक मखमल,
'सक्दिनँ हेर्न' भन्छिन् 'सन्तान थरीथरीका ।'

सुनको थाल काहीँ, काहीँ छ पात खाली,
'सक्दिनँ सुन्न' भन्छिन् 'सन्तान थरीथरीका ।'

भन्छन् 'महल' कसैका, काहीँ छ चुथ्रो झुप्रो
'सक्दिनँ सहन' भन्छिन् 'सन्तान थरीथरीका ।'