"एउटी छोरीको कथा. / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu  (चर्चा | योगदान)  | 
				Sirjanbindu  (चर्चा | योगदान)   | 
				||
| पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}}  | {{KKCatNepaliRachna}}  | ||
<poem>  | <poem>  | ||
| − | + | ''पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।  ''  | |
| − | + |   ''रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥ ''  | |
                                                          -  मनुस्मृति    |                                                           -  मनुस्मृति    | ||
| पंक्ति 34: | पंक्ति 34: | ||
ए मातापिता !  | ए मातापिता !  | ||
| − | + | ''विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित:  ''  | |
| − | + |   ''उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।। ''  | |
                                                          -  मनुस्मृति    |                                                           -  मनुस्मृति    | ||
| पंक्ति 90: | पंक्ति 90: | ||
ए मेरो स्वार्थी शासक !    | ए मेरो स्वार्थी शासक !    | ||
| − | + | ''यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् ।  ''  | |
| − | + |   ''तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥ ''  | |
                                                           - मनुस्मृति    |                                                            - मनुस्मृति    | ||
| पंक्ति 135: | पंक्ति 135: | ||
मलाई त    | मलाई त    | ||
मेरो युगले नै ठगेको थियो ।  | मेरो युगले नै ठगेको थियो ।  | ||
| + | ०००  | ||
| + | |||
| + | ..........................  | ||
| + | [[एक बेटी की कहानी / कुन्दन शर्मा / सुमन पोखरेल|यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।]]  | ||
</poem>  | </poem>  | ||
20:50, 7 सितम्बर 2024 के समय का अवतरण
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।  
 रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥ 
                                                         -  मनुस्मृति 
यो मनुको देशमा जन्मेकी 
म कसैकी छोरी ! 
तिमीले माया नगरेका हैनौ मलाई 
ए मातापिता ! 
तर किन हुन सकिनँ म 
जे हुन चाहन्थें ! 
किन चाहन सकिनँ मैले
जे हुन सक्थें ! 
आफै बाच्ने सामर्थ्य दिन सकेनौ मलाई 
के तिमीलाई मेरो विवेक-बुद्धिमा भर थिएन ? 
वा, तिमी डराउँथ्यौ 
मेरो गर्भको दायित्वले ! 
त्यसैले मलाई सदा संरक्षणमा राख्नु नै 
उचित ठान्यौ तिमीले ! 
यसरी एउटा आश्रित जीवनको जग बसालेर 
मेरो अस्तित्वको अपमान 
सर्वप्रथम तिमीले नै गरेका थियौ 
ए मातापिता !
 
विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित:  
 उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।। 
                                                         -  मनुस्मृति 
म मनुको देशमा बनेकी
कसैकी पत्नी ! 
सुरुदेखि नै नियन्त्रणको बिख खुवाएर 
मार्दै गयौ मेरो मनलाई तिमीले 
र शरीरले मात्रै पूरा गरें 
तिम्रा सबै आवश्यकता मैले । 
हे पति ! 
तिमीलाई कुनै विश्वासमा स्वीकारेकी थिएँ मैले 
पुरुषत्व तिम्रो 
केवल लिङ्गमा छैन 
सम्भोगमा मात्र साबित हुने हैन 
यो त मसितको व्यवहार हो 
साहचर्य र सम्मानमा देखिने 
सबै बिर्सेर 
केवल स्वामित्व स्थापित गर्नुलाई 
आफ्नो धर्म बनायौ तिमीले । 
तिमी मझैँ एउटा शरीर एक प्राण 
लिङ्गभेदले मात्रै 
कसरी ठहरियौ यति उत्कृष्ट र महान् ? 
मैले सृष्टिको गर्भ बोकेकी थिएँ 
सम्मान त मेरो पो हुनुपर्ने, हैन र ? 
तर सके यही तिम्रो त्रासको कारण भयो । 
मलाई धरती बनाई 
आफ्नो बीउ रोपेपछि 
फल उब्जाउने स्वार्थले 
कब्जाएर राख्यौ जीवनभरि तिमीले । 
यसरी मेरो धर्म र मर्यादा तोक्ने 
मलाई मेरो अधिकार दिने 
हे मनुका सन्तान ! 
तिमी को हौ भन त ? 
केवल एक सङ्कीर्ण र दुर्बल मनोवृत्तिका पुरुष !
गायत्रीदेखि कालरात्रिकी कालीलाई 
देवी मानी पुज्दा 
सँगै उभिने नारीलाई 
उभ्याउन सकेनौ कहिल्यै 
आफ्नो मनमा सँगै तिमीले । 
तापनि जीवनभरि मैले 
तिमीलाई सहेर 
जेजस्तो भए पनि 
तिमीलाई सह्यारेर 
तिम्रो जीवनपछि पनि तिमीलाई सम्झेर 
यो जीवन बिताएँ 
तर तिमीलाई देवता पाइनँ कतै 
तिमी त मनुष्यसम्म पनि हुन सकेनौ मसित 
ए मेरो स्वार्थी शासक ! 
यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् ।  
 तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥ 
                                                          - मनुस्मृति 
म मनुको देशमा भएकी माता 
तर व्यर्थ गयो तिम्रो बीज 
मेरो गर्भमा 
तिम्रो वंश चलाउने पुत्र पाउन सकिनँ 
हुन त छोराको कामना मैले गरेकी पनि थिइनँ । 
पिताको संरक्षण 
र पतिको नियन्त्रणपछि 
छोरा नै भए पनि 
फेरि कुनै पुरुषको अङ्कुशमा 
बाँच्ने इच्छा रहने ममा । 
छोरी ! मेरो अन्त:करणले मागेको थियो 
छोरी नै भई आए मकहाँ तिमी । 
वंशहीन पहिचानविहीन म 
सँगै बाँचेर तिमीसित 
खोज्न चाहन्थें अस्तित्वको नयाँ क्षितिज 
मैले साँचेर राखेका 
तीन उपहार दिन चाहन्थें तिमीलाई 
१-	जन्म 
२-	बाँच्ने सामर्थ्य 
३-	स्वतन्त्रता 
आफ्नो जन्म तिमीले रोजेकी थिइनौ 
तिम्रो जीवन तोक्ने हक 
मैले आफ्नो मानिनँ । 
जन्म दिएको दायित्व मेरो 
तिमीलाई बाँच्न उभ्याउनुसम्मकै थियो । 
मनुको ख्यालखानामा बाँचे तापनि 
तिमीलाई मुक्त गरें मैले ए छोरी ! 
बलियो पखेटा दिएँ उड्नलाई। 
हुन सक्छ, तिमीले पढ्नेछ्यौ यो कथा 
हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा 
तर दया नगरे ममाथि 
आखिर जहाँ जेजस्तो भए पनि 
बाँच्न त बाँचेँ यो जीवन 
सिङ्गै कतै नटुटी । 
कसैको दोष थिएन यसमा 
मलाई त 
मेरो युगले नै ठगेको थियो ।
०००
..........................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।
	
	