भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाटो हेरे हुन्छ आमा / श्रवण मुकारुङ

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 09:53, 14 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बाटो हेरे हुन्छ आमा म त आउँदैछु
माफ रहोस् सानो कुरा साथी ल्याउँदैछु
कस्तो साथी भन्नुहोला तराईको मान्छे
कलेजोमा पोको पारी लैजाऊ पहाड भन्छे
फाट्यो होला चौबन्दी सिउन आउँदै
माफ रहोस् सानो कुरा साथी ल्याउँदैछु
यस्तो लाग्थ्यो परदेशमा सुनैसुन फल्छ
गाई गोठ ढलेसरि सारा दुख ढल्छ
होइन रैछ चाल पाएँ फर्कि आउँदैछु
माफ रहोस् सानो कुरा साथी ल्याउँदैछु
भने हुन्छ छिमेकीलाई छोरो आउँदैछ
उराठिलो गाउँबेसीमा लाली छाउँदैछ
आफ्नै छानो छाउँनु रैछ थाहा पाउँदैछु
माफ रहोस् सानो कुरा साथी ल्याउँदैछु