भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

देश / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:38, 18 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आज सखारै
मिर्मिरेमा
एउटी बुढी आमा
लौरोको ट्याकट्याक टुकटुकसँगै
मेरी आँगनमा आइन्,

उँधो–उँभो
केही खोजेजस्तै गरेर हेरिरहिन् धेरैबेर,

हिउँले छोपेको
कुनै टाकुराझैं शिर
र नाम्लोको फेटा
निधारमा,

ढाडमा – मानौ नाबालक डोको
खुम्चिएको सिरकको खोलजस्तै अनुहार,
अँध्यारा गुफाझैं निस्तेज आँखा
र कान्तिविहीन
उदास–उदास आकृति र दुब्लो शरीर,
हेर्दै पूर्व क्षितिज
र हिँड्दै लाठीको सहाराले
भनिन् आमाले – “साह्रै कमजोर छु बाबु ! वर्षौंदेखि खोज्दैछु
बुढेसकालका सहारा छोराहरू !!”