भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लेनदेन / मौन आवाज
Kavita Kosh से
ऋण दिने मान्छे
ऋण उठाउँछु भन्दाभन्दै मर्छ !
ऋण लिने मान्छे
ऋण तिर्छु भन्दाभन्दै मर्छ !
न ऋण दिनेले
ऋण लिनेलाई कात्रो किनेर दिन्छ !
न ऋण लिनेले
ऋण दिनेलाई कात्रो किनेर दिन्छ !
होइन -
यसरी लेनदेन कसरी मिल्छ ?
०००