भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

डुङ्गा राखे जलमा तिमीले / भीमदर्शन रोका

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
डुङ्गा राखे जलमा तिमीले
हातको पतवार दिउँला ।

उत्थान—पतनको माझमा
तूफानको किनार दिउँला ।

डुङ्गा अढ्यो भने कतै
लहरको पर्दा उघार दिउँला ।

दाउ हान्न नै आए मसँग
आफ्नो सवकुछ हार दिउँला ।