भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
रूँदारूँदैको हाँसो / रमेश क्षितिज
Kavita Kosh से
रात बिती दिन भयो दिन बिती रात भो
रुँदारुँदै तिमी हाँस्यौ सँगै दिन रात भो
घाम हेरी थाकेपछि जिस्किएर झरी हेर्न
बहकिन्छु मनसँगै कैलेकाहीँ दृश्य फेर्न
घामजस्तो मुहारमा त्यहीँ सँगै बर्सात भो
रुँदारुँदै तिमी हाँस्यौ सँगै दिनरात भो
रीस हैन मायाले नै यस्तो गरूँगरूँ भन्छ
रुवाउँछु आफैँ तर पुछ्ने मेरै हात हुन्छ
पूर्णिमाझैँ मुहारमा औँसीजस्तो रात भो
रुँदारुँदै तिमी हाँस्यौ सँगै दिन रात भो