भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आशङ्का / दिनेश अधिकारी

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 19:38, 4 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कट्कटी काटिएको आफ्नो मन लिएर
थरथर काँपिरहेको
आक्रोशयुक्त‚ वरमा
कुनै एकदिन
वी.वी. अनुरागी
मसँग भनिरहेथे –
दाइ! धर्मको नाममा
जिजुबाजे, बाजे र बा मात्र हैन
म पनि ‘अछुत’ नै थिएँ – हिजो
तिर्खाएर कुनै बिष्टको घर–आँगनमा पुग्दा
माथि पारेर
अम्खोराबाट उनले खन्याएको पानी
अलग्गै त–ल
आफूले अञ्जुलीमा थापेर पिउनु परेको थियो!
आज तपाई क्षेत्री–बाहुनहरूसँग
उठवस गर्न पाएको थिएँ
खानपिन गर्न पाएको थिएँ
बिर्सिसकेको थिएँ हिजो ‘अछुत’ भएको कुरा
र, साँच्चै म असाध्यै खुसी थिएँ
उफ! अचानक फेरि के भयो यो?
आफ्नै इच्छा विरुद्ध
म फेरि ‘जात’ मा झर्न थालेको छु
म फेरि अर्कैको हातमा पर्न थालेको छु
किन उल्टो गतिमा हिंड्न खोज्दैछ यो समय?
र, तपाईं र मेरोबीचको हार्दिकतामा
वि‚तारैवि‚तारै लेउ लाग्न थालेको छध्र
नजानिदो ढंगले
हामीबीचको आत्मीयता
कतै छेउ लाग्न थालेको छ
समग्र देश मूर्छित छ
र, हरेक मान्छे
आफ्नो ‘कित्ता’ लाई मात्र देश ठान्न थालेको छ
म असाध्यै डराएको छु दाइ!
आउँदो कुनैदिन
तिर्खा लागेर
कुनै अर्को जालिको घर–आँगनमा पुग्दो
विगतमा ज‚तो
धर्मको आडमा होइन
यो पटक ‘जात’ को कारण
म फेरि ‘अछुत’ पो हुन्छु कि?
फैलिंदै जाँदा यो घृणाको विष
पहिलेज‚तै फेरि
अम्खोराबाट उनले खन्याएको पानी
त–ल
आफूले अञ्जुली थापेर
पिउनु पर्ने दिन
मेरै जीवनकालमा
फेरि फर्केर आउने पो हो कि ...?
भाइ!
ठिक भन्नुभयो तपाईंले
म पनि असाध्यै डराएको छु यो समयसँग
बढ्दै जाने हो भने यसरी नै यो क्रम
जातका कारण तपाईं र मबीचको यो न्यानो सम्बन्धमा
कहीं कटुता पो आइदिन्छ कि?
तपाईं र मेरा बीचको यो हार्दिकतालाई
कहीं ‘जात’ ले पो खाइदिन्छ कि?
रोक्न सकेनौं भने अहिल्यै यो बौलाहा आँधी
मलाई त– कतिसम्म डर लागेको छ भने भाइ!
यो देश र हाम्रो सम्बन्ध!
कहीं– इतिहासको अध्याय पो भइदिन्छ कि?
कहीं एकादेशको कथा भएर टुंग्याइने विषय पो बनिदिन्छ कि?