भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आफैँसँग बिरानो म / दिनेश अधिकारी

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 20:19, 4 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी
तिमीबाट शुरु हुन्छ मेरो खुसी उन्नति
तिमीलाई भेटेपछि मेरो जिन्दगीमा
देउतासँग माग्ने पनि कुरै सिध्धियो
सबै दुख सबै पीर भुल्छु तिम्रो साथमा
वसन्त झैं रमाउँदै हुन्छु तिम्रो काखमा
आफुलाई पल्साएर आफैंबाट टाढा
तिम्रै मात्र कुरा सुन्न मिठो लाग्ने
तिम्रो वासना चल्छ मैले फेर्ने सासमा
आँखा खोल्छु जहिले पनि तिमीलाई देख्ने आसमा