भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
केही चोटले ज्ञानी हुन्छ / गोपाल योञ्जन
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:24, 4 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ
मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ
मान्छेले गर्ने कर्महरू केले असल खराब हुन्छ
आफ्नो अपजसे हातहरूले जे गर्यो त्यही खराब हुन्छ
डढेको मन बाँकी राख सबै एक छिनमा खाक हुन्छ
मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ
न त घृणाले आतिन्छु न त मायाले मातिन्छु
मलाई दोष देऊ या देऊ उपहार कालो रङ्गमा जे पोते हुन्छ
केको बत्ती नदेख्नेलाई मेरो दिनरात समान हुन्छ
मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ