भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ठिठाले गुप्ती पियारीलाइ लेखेको / देवीदत्त शर्मा पराजुली

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:06, 2 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= देवीदत्त शर्मा पराजुली |अनुवादक=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


ठिठाले गुप्ती पियारीलाइ लेखेको

प्यारी ! झल्झलि तिम्रा संझन्छु विलास ऊ अनेक् तरका ।
काटिनजान्छ कलेजा चल्दा ताना असह्यमन्भरका ।।१।।

क्षणभर् दिल् वहलाउन सादृश्य पनी नपाउँदा प्यारी ।
एडि जाउँ कि बुडि जाऊँ विषका प्याला उडाउँ की भारी ? ।।२।।

प्यारी १ झलक झल्का चन्द्र वदन्को दिई अली केही ।
विरहज्वाला(तापित क्षणभर शीतल गराउ यो देही ।।३।।

जवाफ लेखेको

प्यारे ! हजुर जसोरी तड्पीवक्सिन्छ हरवखत त्यहाँ ।
एसरी हजुरकि दासी राईरहन्छु अभागिनी याहाँ ।।१।।

प्यारे ! चन्द्र-वदन्को अलि अलि झल्का लिऊँ भनी गुन्छु
सो मन पापि उडीगै खाली अड्पी अभागिनी रुन्छू ।।२।।

लेखी विन्ति चढाई मनका सब दुःख भन्दछू नाशूँ ।
हतभाग्य अभागिनीले सो पनि पाउन्न झर्दिंदा आँसू ।।३।।

झल्का लिन भनि मुखको म जान्छु माथी अटालिमा राती ।
उस्तो शीतल सोही चन्द्र पनी पोल्छ अग्निको भाँती ।।४।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)