भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
देश / रमेश क्षितिज
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:09, 16 मार्च 2017 का अवतरण
आज सखारै
मिर्मिरेमा
एउटी बुढी आमा
लौरोको ट्याकट्याक टुकटुकसँगै
मेरी आँगनमा आइन्,
उँधो–उँभो
केही खोजेजस्तै गरेर हेरिरहिन् धेरैबेर,
हिउँले छोपेको
कुनै टाकुराझैं शिर
र नाम्लोको फेटा
निधारमा,
ढाडमा – मानौ नाबालक डोको
खुम्चिएको सिरकको खोलजस्तै अनुहार,
अँध्यारा गुफाझैं निस्तेज आँखा
र कान्तिविहीन
उदास–उदास आकृति र दुब्लो शरीर,
हेर्दै पूर्व क्षितिज
र हिँड्दै लाठीको सहाराले
भनिन् आमाले – “साह्रै कमजोर छु बाबु ! वर्षौंदेखि खोज्दैछु
बुढेसकालका सहारा छोराहरू !!”