तिमी आयौं
भर्खर पो थाहा भो
अभैंmसम्म जीवित नै रहेछु — म
— तथापि —
यहाँसम्म आइपुग्दा
थुप्रै थुप्रै थोकहरु मभित्र मरिसकेका छन्
भो !
मसंग नसोध !!
नृत्युका महोत्सवहरुका कथाहरु
आडम्बर जान्दिन — म
भो !
मबाट नसोच !!
आनन्दका उत्सवहरुका गीतहरु
ढोंग जान्दिन — म
भो !
मभित्र नखोज !!
ईश्वरत्वका पदचापहरुका संगीतहरु
मैले नै
हो,
मैले नै कैयौं पटक
मेरो ईश्वरको बर्बरतापूर्वक हत्या गरेको छु
जीवितै भएपनि
कहीं, कतै
अँध्यारो कुनै कुनामा
रगताम्मे घाइते लडिरहेको होला — मेरो ईश्वर
बिचरा ! मेरो ईश्वर !!