भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वैशाख चतुर्दशीको चाँदनीसँग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 00:57, 20 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

“हिम-स्तनी ए ! हिउँमा टेकी,
किन आ’की ?”
“दिवस-ज्वरको ज्वलनको आगो
निभा’की ! ”

“सुधावदिनी हे ! स्वर्गकी चरी, किन
हँसिली वदन ?”
“प्रेमी जोडीहरुको देख्दछु,
मधुर मिलन ! ”

“यति मीठोसँग पृथिवीमा किन मुसका’की -”
“हरिया हृदय, अधरमा फुस्किन,
छु सिका’की !”

“भाव-ग्रन्थिका गहिरा बास्ना
रानी ! कसरी फुस्किन्छन् ?”
“शीतलताको ललित लतामा
एकान्त जूनमा निस्किन्छन् !”

“ए जूनरानी ! संसार निहार्छ्यौ।
के, के, उदेक छ ?”
“पागल मातले जब काढाँ सब
फूल फूल देख्छ !”

“स्वर्ग कहाँ छ ?” “मुखमा राजा ! ”
“दृष्टि कहाँ छ ?” “जूनमा राजा ! ”
“अमृत कहाँ छ ?” “दिलमा राजा ! ”
“प्यार कहाँ छ ?” “बेलीमा ताजा ! ”

“ए जून ! दिन के ?” “घाउ, घाउ ?”
“रात के प्यारी ?” “मलम, मलम ?
स्वपना, विपना, शवनम !”

“तरुनालाई म हुँ जवानी,
दीवानी !
अरुलाई हुँ, बिर्सिनसक्नु,
कोमल एक कहानी ।”

“रस केमा छ ?” “दुई प्यालामा ?”
“मधुबाला को ?” “रानी !” “रुप ! ”
“सुन्दर कहाँ छ ?” “जून-गालामा ।
सृष्टिकी हुँ पीली दीप”

“यो के जादू ?” “जीवन ! जीवन !
प्रेरणा, मिलन, सुमन !
प्रकृतिका हुन् मीठा मन्त्र, सृष्टिमुखी, यी !
इन्दु-किरण ! इन्दु-किरण !”