भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

निर्दोष छु आफू / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:24, 23 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


निर्दोष छु आफू भन्ने देखाउन उसै दोष तिमी नदेऊ मलाई
घोची नराख बेहोसीबाट जागा गराई फेरि मलाई
 
तौलिने वस्तु होइन माया गल्ती भो भन्दै दोहोरो गन्न
छुटेको वस्तु होइन विश्वास खोजेर फेरि भेटिन्छ भन्न
सोध्नेको लागि जबाफ नहुँदा टिपेर ढुङ्गा नहान मलाई
घोची नराख बेहोसीबाट जागा गराई फेरि मलाई !

किनेको सुख बेचिन सक्छ, आर्जेको दुःख जाँदैन धोई
चाहियो भन्दै पाइन्न तातो बाटोका ढुङ्गा पुसमा छोई
लाजले शिर नुहिँदा तिम्रो निर्लज्ज भन्न छोड मलाई
घोची नराख बेहोसीबाट जागा गराई फेरि मलाई