Last modified on 23 जुलाई 2017, at 16:34

नील आकाशको यो तारालाई / भीमदर्शन रोका

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:34, 23 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


नील आकाशको यो तारालाई
हेरिरहेछु म मेरो सहारालाई
हेरिरहेकी होलिन् प्रियतम मेरो
दूर प्रवासबाट यही तारालाई

नील आकाशको यो तारालाई ।

हामी जति टाढा भए पनि
दिउँसो दूर दूर गए पनि
सन्ध्या–समय फर्कन्छु सधैँ
बलिरहे उज्यालो किनारालाई

नील आकाशको यो तारालाई ।

हाम्रो मिलनस्थान कति अग्लो र महान् छ
कति मौन, कति गम्भीर, निश्चल छ
कि आउँदैन केही आवाज कहिले
तर बुझ्दछु म आँखा र इशारालाई

नील आकाशको यो तारालाई ।