भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मायामा फुल्न चाहने फूल / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:18, 3 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आउन मेरो ओठमा हाँस आँखामा फुलेर
नजाऊ फेरि मनमा मेरो छलीझैँ डुलेर
जे छ त्यो मनमा खुलेर भन नलुकाऊ पिरती
तिम्रै छ जप, पूजा र पाठ छ तिम्रै आरती
 
अँधेरी रातमा धिप्धिपे बत्ती आँखामा बल्दछ
सकिए पनि तेलका थोपा आफैँ नै जल्दछ
वसन्तभरि फुलेर हाँस्दै शिशिरमा नभाग
त्यो माया मनको धोका हो भने दिलैमा नराख
 
म कति रोऊँ बस्ने यो बेला खुसीले रमाई
सहारा लिऊँ दुःखको बेला कुन हात समाई
अधुरो माया लगाई जीवन अपूरो नपार
मायामा फुल्न चाहने फूल भुलेर नमार