भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नेपाल सम्झी बसेँ / बद्रीप्रसाद बढू

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:50, 18 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


धेरै काल बिते स्वदेश तिर भै नेपालको सेवक !
आफ्नै कर्म र मर्म ज्ञान सिपमा सिक्दै नयाँ रोचक
कस्ता छन् अरूका नयाँ किसिमका संसारमा बाहिर
जान्ने उत्सुकता लिएर मनमा नेपाल छोडी हिँडे//१//

चक्का जाम त्यहाँ भएन कहिल्यै, त्यो देश खुल्ला रह्यो!
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी रह्यो
देशै बन्द गरी रमाइरहने छैनन् कि मान्छे कतै !!
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी बसेँ //२//

धूलो छैन त्यहाँ सफा सडकमा बत्ती बल्यो साँझको !
धारामा सहजै झर्यो झर झरी पानी सफा प्यूनको/
देखिन्छिन् धरती सदा हँसमुखी आकाश नीलो थियो
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी रह्यो //३//

मान्छे छन् रसिला सफा हृदयका हाँसेर बोल्छन् सबै/
यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी बसेँ
अर्काको दु:ख मा दुखी भइदिने संस्कार जान्ने सबै /
त्यो देख्दा मनको कठै ! रहरको नेपाल सम्झी बसेँ //४//

पानीका छहरा र चौर हरिया चिल्ला नयाँ पालुवा
बाटो छेउ कतै सुगन्धित भई मुस्काउँछिन् कोपिला
हिँड्दै छिन् युवती सशक्त कसरी निर्धक्क बाटो तिर
त्यो देख्दा मनले कठै ! रहरको नेपाल सम्झी बसेँ //५//