भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खडेरीले जिमीलाई साह्रै सुकाउँछ / मञ्जुल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:25, 19 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जुल |अनुवादक= |संग्रह=दुई हरफ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मुस्कान
 
खडेरीले जिमीलाई साह्रै सुकाउँछ
झरी परे त्यै जिमीलाई उर्वर बनाउँछ
आँसु पनि त्यस्तै नै हो यो जीवनका लागि
सङ्घर्षमा बाँच्नु पर्छ कहाँ जाने भागी
 
मेरा लागि ढुकढुक गर्ने मेरो मुटु तिमी
तिमी छैनौ भने छैन मेरो आकाश'जिमी
कैले हुन्थ्यो मलाई भारी मेरो आफ्नै छाया
सारा जीवन काट्ने मन छ बसी दायाँ-बायाँ
 
ऐले मात्र होइन तिम्लाई पैलेदेखि चिन्छु
मर्नु'बाँच्नु जे परे नि तिम्रै साथ दिन्छु
मेरो जीवन मेरो हुन्न तिम्रो साथ विना
मेरो जीवन तिम्रो नासो हुन्न हिनामिना