भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

न प्वाँख छ न त छाया नै / शाफिनुर शाफिन / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:38, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=शाफिनुर शाफिन |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सागरछेउ गएका बेला
कुरा गर्दिनँ म सागरका बारेमा,
सागरको देउता लाग्छ मलाई
छालहरूले अनुहार बिगार्छन्
सिँहको गर्जन जसरी।
डा डुबाउँछन् मानिसहरू गोसमुद्रको छालमा
भिखारी जसरी
चिच्याउँछ एउटा केटो र फालहान्छ छालमा,
“हेर्नु, ई ! सागरमा हराए मेरा गोडा!”
मभित्र कुनै प्रेम छैन
केटाकेटीका लागि, मूक पशुहरूका लागि
कुनै प्रेम छैन सागरसँग मलाई ।
तर तिमीले सागरको भाग्य रोज्यौ भाग्नका लागि
यो छालको गर्जन रोज्यौ तिम्रो सर्वाधिक प्रिय दिनका लागि!

तिमीलाई पैँचो दिएपछि,
मसँग न प्वाँख रह्यो न त छाया नै ।