भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुख र दु:ख / टी.भी. कट्टिमणि / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:34, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=टी.भी. कट्टिमणि |अनुवादक=सुमन पोख...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अरूको दु:खलाई आफ्नोभन्दा ठूलो
सम्झन्छ जसले
त्यसले मात्र बुझ्न सक्छ दु:खको अर्थ ।
धेरैजसो दु:खले हामीलाई यसरी हिर्काउँछन्
छोपिएर सुखजस्तै देखिन्छन् ती ।
सुखसँगै मिसिएको हुन्छ दु:ख प्राय:जसो
हावामा अत्तर मिसिएजसरी ।

बजारबाट किनिल्याउन सकिँदैन सुखलाई
खुशी ल्याए जसरी,
घरभित्रै मनग्गे पाइन्छ यो।

जब दु:खले प्रहार गर्छ हामीलाई
बाफझैँ बिस्तारैबिस्तारै उडेर जान्छ त्यो
तर सँधैभरि अशान्त रहिरहन्छ सुख ।