भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (२) / तुल्सी थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:40, 16 सितम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=तुल्सी थापा |अनुवादक= |संग्रह=एक न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

६. दृष्टि
गान्धारी पट्टी खोल
धेरै कुरा देख्दै छ धृतराष्ट्र
ऊ सधैँ अन्धो छैन ।

७. मर्यादा
लक्ष्मण अहिले मूर्च्छित छ
मनलाग्दो रेखा कोर
वर्जित नै अब के छ र ?

८. विश्रान्ति
चिर निद्रामा छन्
भीष्म पितामह वाणशय्यामा
जय पराजय केही देखिन्न यहाँ ।

९. काव्य
किन गिँडन मात्र खोज्छौ ?
जब हरेकमा हुन्छन्
रावणका टाउकाहरू ।

१०. बिरामी देश
दिवसहरूमा चलमलाउँछ
त्यसपछि थाहै हुन्न
कतिखेर अचेत पल्टिन्छ ।