भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
उज्यालो म कहाँ पाउँला ? / हरिभक्त कटुवाल
Kavita Kosh से
बतासले झारेका फूलहरु सँगाली
विरहका आँसुले तिनै फूल पखाली
माला गाँसिराखे ! भरे भेट्न आाउँला
कर्मै आफ्नो अभागी चोखो फूल कहाँ पाउँला ?
चोखो फूल चाहिन्छ ढुङ्गाको द्ध्यौतालाई
माया किन व्यर्थैमा मरिजाने मान्छेलाई
बत्ती बाल्नु पर्दैन अँध्यारैमा आउँला
अँध्यारैमा जुनी बित्यो उज्यालो म कहाँ पाउँला ?