भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कहाँ छैन र ईश्वर यो संसारमा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कहाँ छैन र ईश्वर यो संसारमा
मेरो हर यात्रा उसकै प्रदक्षिणा !

सुन्दछु म शब्द जति नै
वाणी हो सब ईश्वर कै
म जहाँ हेर्छु उसको दर्शन हो
मेरो कर्म नै उसको उपासना !

छुँदछु म जे जति ठाउँ
ढोगेको हो ईश्वरको नाउँ
बेहोशी मै म कराए पनि
हो ईश्वरको नै प्रार्थना !

खाएको मैले सबथोक नै
चढाएको हो नैवेद्य ईश्वरलाई
बोल्दछु जे म नीत दिन
उसकै नै हो आराधना !

जे छ मेरो, सबै हो ईश्वरको
यो शरीर हो मन्दिर उसैको
हृदयको धड्कन हो भक्तिगान
मेरो हरेक सास उसको वन्दना !