भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
घरको न घाटको / रवि प्राञ्जल
Kavita Kosh से
घरको न घाटको ।
हकदार छ लातको ।
मक्किएको रूखलाई,
भर हुन्छ र पातको ?
जिउनु छ बिपनीमा ,
छोड कुरा रातको ।
वर्ण मात्र फरक छ,
मान्छे एउटै जातको ।