भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी एक्लै छैनौ / भीमदर्शन रोका

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हाम्रो उठबस र कैयौँ सहवासहरुले
बनाएका क्षितिज र कैयौँ आकाशहरुले
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले

साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् ।

डाँडाकाँडा वनपाखा तसवीरहरुले
पहिरो र पहाडहरु थामिरहेकाभीरहरुले
अघि अघि र अहिलेका वीरहरुले

साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन्।

फूल र पातहरु ली उभिरहने रुखहरुले
कुरा बुझ्नेु मुटु् र मौन मौन मुखहरुले
सबैका आफ्ना आफ्ना सुख र दुःखहरुले

साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन्।