भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आखाँ चिम्लिँदै / शाफिनुर शाफिन / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:37, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=शाफिनुर शाफिन |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

प्लेटफर्ममा रेल रोकिएपछि
उठेर जानेछ
आफूसँगैको सिटमा बसेको कोही,
रेलबाट ओर्लिँदै गर्दा
हेर्नेछ उसले तिमीलाई
कुनै खैरो बिरालाले जसरी
मुन्टो फर्काएर,
हुन सक्छ उसले आफैंलाई हराएको होस् कुनै क्षण
तिम्रो सुगन्धमा।
तिमीले आफ्ना कानलाई
उसका छातीमा बिसाउँदा, सुनेथ्यौ
बाघको ओढारबाट निस्कँदै गरेको डमरूको
मन्दमन्द पदचाप।
एउटा व्यभिचारी पनि हुनसक्छ ऊ -
जसलाई देखेपछि दिक्क लाग्ने गर्छ मानवजातिसँगै ।

सामू उभिन्छन् सबै पश्चातापहरू
र मानिसहरूका बीच अडिन्छ प्रेम
व्यवहारिक भएर
साउती गर्छन् तिनीहरू एकआपसको हात समातेर
प्लेटफर्ममा रेल रोकिएपछि ।