भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगोहरु अझै / विमल गुरुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:31, 26 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरै खाइसकेपछि खाना ।

आगो बल्दैछ
पात पतिंगरहरु जल्दैछन्
काठहरु बल्दैछन्
खसेलाहरु जल्दैछन्
आगो बल्दैछ ।

रहर छ
आगो ताप्ने मलाई पनि
यो हुस्सु परेको रातमा ।

आगो बल्दैछ
अवरोधहरुको फलामको सत्ता गल्दैछ
हामीलाई
बाटोमा
राम्ररी हिंड्न नदिने
काँडाहरु जल्दैछन्
कोइला हुँदैछन्
खरानी हुँदैछन्
आगो बल्दैछन् ।

कहिं जाँदा पनि
हामीलाई शान्ति छैन
कोठा जाँदा पनि शान्ति छैन
कौसीमा
सडक । रिक्सा । साइकल । मोटर
मान्छेहरु र
काठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
सिमेण्ट पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
केहि गर्दा पनि शान्ति छैन
कतै जाँदा पनि शान्ति छैन
हुस्सु-हुस्सु छ चरैतिर
ठण्डा-ठण्डा छ चारै-चारैतिर ।

हुनसक्छ
यसैले केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरे खाइसकेपछि खाना ।

आगो बल्दैछ
साइकलको पुरानो टायर जल्दैछ
खुब मजाले
हवार-हवार जल्दैछ
साइकलको
डेट-अफ ट्युबहरु जल्दैछन्
छेस्का-छेस्कीहरु बल्दैछन्
मकैका खोयाहरु जल्दैछन्
प्लास्टिकहरु बल्दैछन्
ढुंगाहरु काला हुंदैछन्
माटोहरु डढ्दैछन्
वातावरण तापमय हुँदैछन्
फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदैन
हुस्सु भयभित हुँदैछ
आगो बल्दैछ ।