भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"वसन्त / शम्भुप्रसाद ढुङ्गेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= शम्भुप्रसाद ढुङ्गेल |अनुवादक= |स...' के साथ नया पृष्ठ बनाया)
 
छो (Sirjanbindu ने वसन्त /शम्भुप्रसाद ढुङ्गेल पृष्ठ वसन्त / शम्भुप्रसाद ढुङ्गेल पर स्थानांतरित किया)
 
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया)
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार= शम्भुप्रसाद ढुङ्गेल  
 
|रचनाकार= शम्भुप्रसाद ढुङ्गेल  
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=
+
|संग्रह=सूक्तिसिन्धु (फेरि) / सम्पादित पुस्तक
 
}}
 
}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}

00:20, 8 सितम्बर 2020 के समय का अवतरण


आंधीलाई चलाई अलि अलि अहिले आउँदो भो वसन्त
झोंका ख्वाई उठायो घन गगनमहाँ गर्जिगर्जी अनन्त ।
सारा भो बन्द खिडकी चमचम विजुली चम्किचम्की करायो
प्यारी टाढा हुनाले चररर मन भै आज मेरा डरायो ।।१।।

कालो आकाश सेतो विजुलि प्रिय छटा देखियो चम्कियेको
आँधीको भारि झोका विचविच छ जहाँ मस्त भै गम्किएको ।
झन् गर्जन्छन् गडयाङ डयाङ् गरि घन मनको आज सातो उडाई
हा ! हा ! भै निर्दयी झैं विधि मसित दियो प्यारि मेरी चुँडाई ।।२।।

झल्कन्छन् झल्झलाई विजुलि मन अती तडफडायेर जाने
वर्षन्छन् मेघधारा तरतर हुनगै होश यो खैंचि लाने ।
थर्कन्छन् दुःखि मेरा सरि मन अरुका होश सारा गँवाई
हा ! प्यारी ! आज छाडी किन यसरि गयौ निष्ठुरी भैमलाई ।।३।।

वर्षा तर्साइ आयो विरहरहमहाँ त्तिलाई डुवायो
प्यारीको चन्द्रमा झै्र मुखकन यसरी याद आई गरायो ।
झल्केका देखि विद्युत गरहरि हुनगै हाय ! आशा हरायो
पापीले प्यारिदेखी पर गरि यसरी हाल यस्तो गरायो ।।४।।

प्रिये ! छयौ कहाँ आज यस्ता बखत्मा
अभागी म झैं छैन कोही जगत्मा ।
अकेला म छू वेहिसाव् चल्छ आँधी
गरुँ हाय ! कस्को म सम्झी समाधी ।।५।।

उठयो मेघ गज्र्यो हरे ! मन् सताई
लियो होश मेरो सहज्मा उडाई
प्रिये ! भै अकेला गरुँ के म काम
भयेको मदन्को छु नाहक गुलाम ।।६।।

कठै ! सुन्दरी ! छाडि जाँदा मलाई
दियो हाय ! वर्षादले नै जलाई ।
कहाँ जाउँ कस्ले रहम आज गर्ला
तिमीदेखि टाढा हुँदा ज्यान मर्ला ।।७।।

अहो ! चम्कँदा आज विद्युत् गगन्मा
नछुट्ने हरे ! गड्दछन तीर मन्मा ।
प्रिये ! छू अकेला वह्यो जल् नयन्मा
कसोरी डरायेर जाऊँ शयनमा ।।८।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)