भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सम्प्रति मृत्युउत्सवहरू / सरुभक्त

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 18:48, 10 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सरुभक्त |अनुवादक= |संग्रह= }} {{KKCatNepaliRach...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जिन्दगी
एस–ट्रेभित्रका विद्रोहहरू
ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा
शुभ–साइत दुर्भाग्यहरूको
च्याउको रुख चढदै
गलगाँड सुन्दरीहरू रगतको नदीमा
माछामार्दै छन्
वन्दी प्रत्यक्षीकरण रिट: मिसिलविना
औद्योगिक जोगीहरू सुरुङभित्र धरहराहरू
उत्पादन गर्दैछन्
अवशिष्ट गौरवगाथा : जाउँ वरु भाडाका
टट्टु वनी विक्नलाई
हामीसित देशमा वालसैन्य छँदैछ
काञ्जीहाउस इफेक्ट : सन्निकट शनीका घेराहरू
टेलिस्कोपमा आँखालाई हेर प्रत्यक्षकृत
हुनेछन्– अन्तरिक्ष गोरुगाईहरू
ग्रामिण महाभारत : एउटा सिङ्गो जाती
देश छोडेर कता जाँदैछ?
सम्प्रति मृत्यु उत्सवहरूमा के जिन्दगीका
भाउ लाइदैछन?
जिन्दगीको हाटबजार : सस्ता बमहरू बिक्रीमा छन्
के गर्ने, रानीपोखरीहरू देखिन्छन्
आँसुपोखरीहरू देखिदैनन्
द सेकेन्ड सेक्स – भाइटल नापका विस्फोटनहरू
किन एउटा सिङ्गो मानवमा
गुणसुत्रहरूमा विभाजित छ?नकरा!
कति ‘बुद्ध! बुद्ध!’ कराइरहेको
आजभोलि बुद्धभन्दा कम्प्यूटरहरू
ज्ञानी छन।