भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साहित्यको फुटबल / लेखनाथ पौड्याल

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 14:24, 9 मार्च 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लेखनाथ पौड्याल |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर
भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर।
खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी।।
खेल्नै हो अब खेल यो यदि भने चाँडो अगाडी सरी
ल्याऊँ शुद्ध विचार-पम्प, उसमा जोडौं र त्यो सुस्तरी।
हावा जागृतिको क्रमैसित भरौं सर्वत्र त्यो टन्न होस्
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस्।।
त्यो घात-प्रतिघात-चङ्क्रमणको चातुर्यु-सौदामिनी
लड्नासाथ उठेर चक्कर लिंदै घुम्दै रहोस् फन्फनी।
खेल्छौं हामि जती उती चटपटे उस्को नयाँ रङ्ग होस्
सारा दर्शक वर्ग मस्त सुरमा ताली पिटी दङ्ग होस्।।