भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हिमाल बोलाउँछ / भीमदर्शन रोका

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


प्रिय !
जाऊँ हिँड त्यो ठाउँमा
जहाँबाट छर्लङ्ग देखिन्छ हिमाल
र शुरु हुन्छ यसको सीमाना
त्यहाँसम्म आई खोजिरहन्छ
तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयौँलाई !

सङ्लो, सङ्लो
शुभ्र, स्निग्ध
बसिरहेको......... उठिरहेको
आफ्ना चुली आफै पार गरी गरी
सयौँ पर्वतसम्म गएको
ऐनैऐनाको स्निग्ध हेराइमा
बोलाउँछ
आफूले आफूलाई हेर्न
तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयौँलाई !