भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

डाली डाली फूल फुल्यो पात पात म फुलें / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:31, 2 सितम्बर 2023 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


डाली डाली फूल फुल्यो पात पात म फुलेँ
फूल भूल्यो भँमरामा कुन्नि केमा म भूलेँ

किन होला हिजोआज बरालिन्छ मन यो
जति बाँधिराखूँ भन्छु उति उड्छ मन यो
छाया एउटा सँगै डुल्छ जहाँ जहाँ म डुलेँ
फूल भूल्यो भँमरामा कुन्नि केमा म भूलेँ

को हो छाया बनी हिँड्ने भनिदिने को होला
जिन्दगीको साथी मेरो बनिदिने को होला
वसन्तमा वन फुल्यो कुन्नि कहिले म फुलेँ
फूल भूल्यो भँमरामा कुन्नि केमा म भूलेँ