भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

देशको लागि नबग्ने रगत / कालीप्रसाद रिजाल

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 14:24, 25 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

देशको लागि नबग्ने रगत होइन त्यो पानी हो
जन्मेको माटो नभिझ्ने पसिना होइन त्यो पानी हो।
पौरख नगर्ने पाखुरा काटेका झिन्का ठुटा हुन्
अरूको तालमा नाच्ने सुकेका बाँसका टुका हुन्
अर्काको भरमा बाँच्ने मरेको जिन्दगानी हो।
तिम्रो र हाम्रो शीपले नेपाल बन्नु पर्दछ
मधेश पहाड होइन नेपाल भन्नु पर्दछ
संकीर्ण स्वार्थमा अल्झिने त्यो पनि बेइमानी हो।
तिमीले चाहेमा देशकको भाग्यको ढोका उघ्रिन्छ
माटोमा रोप पसिना माटोमा सुन उम्रिन्छ
उठाऊ च्यावल तन्नेरी देशका स्वाभिमानी हो।