भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हालखबर / रमेश क्षितिज

Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) द्वारा परिवर्तित 20:27, 23 सितम्बर 2016 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

खोलीले बग्न छाडे नि बगरको छाती चिसै छ
सम्झना गहिरो आँखैमा, मनमा पीर उस्तै छ
तर म भन्छु बेसै छ, बेसै छ !

तिमीले दियौ तिर्सना अधूरो एउटा सपना
भन्न त भनेँ बिर्सिन्छु सकिनँ मैले बिर्सन
लुकेको मर्म उस्तै छ, दुःखेको घाउ उस्तै छ
कमलो मेरो मुटुलाई सहनुपर्ने निकै छ
तर म भन्छु ठीकै छ, ठीकै छ !

नभोगी दुःख बुझिन्न आँसुले पीर धोइन्न
मनैले एक्लो भए त भीडमा खुसी भइन्न
तिर्खाले आँत जल्दै छ, उमेर त्यसै ढल्दै छ
हेरेर चोट देखिन्न नदुख्ने ठाउँ कमै छ
तर म भन्छु सञ्चै छ, सञ्चै छ !