भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नामले मात्रै सहर हुँ म बाहिरी हाँसो हाँस्छु / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सहर

नामले मात्रै सहर हुँ म बाहिरी हाँसो हाँस्छु
कल्पी कल्पी आफ्नै अतीत सम्झनामा साँच्छु
 
निसासिन्छु आफैसँग छैन शीतल हावा
साँगुरा छन् धर्ती-आकाश कहाँ खेल्नु कावा
सभ्यताको बहानामा रोग खेप्दै छु म
यै छातीमा चाहनाका लास चेप्दै छु म
 
मन त लाग्छ तिमीसितै गरूँ हातेमालो
साटूँ भन्छु भावनाको न्यानो पालैपालो
केले केले भत्काउँछ आउने पुल-बाटो
गहिरिँदो छ मनको घाउ बस्नै नपाई खाटो ।