भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
फुल रोयो आज / सुरेन्द्र राना
Kavita Kosh से
फुल रोयो आज, जून रोयो आज
तिमी रुँदा गीतको धुन रोयो आज
हाँसो लुटेर सायद, आँसु सँधै रमाउँछ
तिमी रुँदा आँखाको आँसु रोयो आज
तिम्रो व्यथा लेखी कविता बनाई सुनाउने
तिमी रुँदा कविताको कवि रोयो आज ।